एजेन्सी । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भएको छ ।
मोदीको भ्रमणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । झडपमा पत्रकारहरू घाइते भएका छन् ।
बंगलादेशको चटगांवमा पुलिस र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको बीबीसीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी बंगलादेशको दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका थिए । प्रदर्शनकारीले मोदीको भ्रमणको विरोधमा आज पनि ढाकामा विरोध गरिरहेका छन् ।
Leave a Reply