Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड विजयी

    एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड विजयी

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 3.5K
    SHARES

    एजेन्सी । भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ ।

    भारतको पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ४३ दशमलव ३ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । इङ्ग्ल्याण्डलाई जिताउन जोनी बायरस्टोले सबैभन्दा धेरै १२४ रन बनाए । यस्तै बिन स्ट्रोक्सले ९९ र ज्यासन रोयले ५५ रन बनाए ।



    भारतका लागि लोकेश राहुलले १०८ रन बनाएका थिए । जितसँगै इङ्ग्ल्याण्डले शृङ्खला १–१ को बराबरीमा ल्याएको छ । शृङ्खलाको छिनोफानो अन्तिम एक दिवसीयबाट लाग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार