Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • इजिप्टमा दुई रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु

    इजिप्टमा दुई रेल आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 2K
    SHARES

    एजेन्सी । इजिप्टमा दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा १६५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् । आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो दुर्घटना भएको बताइएको छ ।



    राष्ट्रपति अब्दुल फतह अल–सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् । राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा दुर्घटना भएको हो ।



    दुर्घटनामा परेको एउटा रेल दक्षिणी शहर लुसोरबाट भूमध्य सागरमा रहेको बन्दरगाह एलेक्जान्ड्रिया तथा अर्को रेल राजधानी कायरोबाट दक्षिणी शहर अस्वानतर्फ गइरहको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार