Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनका बीच सरकारले गर्याे यस्ताे निर्णय

    लकडाउनका बीच सरकारले गर्याे यस्ताे निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले लकडाउनका बीच जनतालाइ रातह पुग्ने गरी केही निर्णयहरू गरेकाे छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको शुक्रबार बसेको बैठकले न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो । समितिले दैनिक उपभोग्य वस्तुहरुको उत्पादन, ढुवानी, वितरण र किनमेललाई अवरोध नगर्ने भएको छ ।

    बैठकपछि अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई नरोक्ने निर्णय भएको छ । ठूला उत्पादनमूलक उद्योगहरुको सञ्चालनलाई भने खुल्ला गरिएको छैन ।’



    उनले भने, ‘हामी नागरिकहरुले पनि निश्चित दुरी कायम गर्ने र भीडभाड नगरी किनमेल गर्नुपर्छ ।’ कोरोना भाइरसबाट संक्रमित दोस्रो व्यक्ति भेटिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । लकडाउनको समयमा सरकारले सबैलाई घरमा बस्न आग्रह गरेको छ र मंगलबारबाट अत्यावश्यक बाहेकका काममा बाहिर नआउन भनेको छ ।



    बैठकले कोलकत्ता भन्सारबाट नेपाली भन्सार विन्दुसम्म आएर रोकिएका सामानहरु छुटाउन सहजीकरण गर्ने निर्णय गरेको छ । कुल्ली, भन्सार एजेन्ट नभएका तथा कागजपत्र पुर्‍याउन नसकेर सामान रोकिएको भए फोटोकपीका आधारमा समेत ती सामानहरु छुटाउन सकिने समेत समितिको निर्णय छ ।

    यस्तै, अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट पनि काठमाडौं ल्याउने, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने जस्ता निर्णयहरु भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार