Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • धनगढीमा भेटिएका कोरोना संक्रमित कहाँबाट कहिले आएका थिए ?

    धनगढीमा भेटिएका कोरोना संक्रमित कहाँबाट कहिले आएका थिए ?

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं। धनगढीमा कोरोना संक्रमणका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ। यो नेपालमा भेटिएको चौथो केस हो।

    उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। उनी चैत ११ गते सेती अस्पतालमा भर्ना भएका थिए। ३४ वर्षीय ती युवा दुवईबाट नेपाल फर्किएका हुन्। उनको अवस्था खतरामुक्त रहेको देवकोटाले जानकारी दिए।



    उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाप परीक्षणको लागि धनगढीबाट पाठइएको थियो। मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।



    विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार ससांरभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार