काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एकाध व्यक्तिले संसदलाई सिकार बनाएको टिप्पणी गरेका छन्।
पछिल्लो समय संसदमा सांसदहरुको गतिविधिलाई नजिकबाट नियाली रहेका नेता पौडेलले पार्टी र व्यक्तिको नाम नलिई यस्तो बताएका हुन्।
बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत् पौडेलले संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ? भनेर प्रश्न समेत गरेका छन्।
ट्वीटरमा उनले कसैको गुट उपगुटको विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? भन्दै अर्को प्रश्न पनि गरेका छन्।
उनले लेखेका छन्, ‘कसैको गुट उपगुटकाे विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ?’
कसैको गुट उपगुटकाे विवादले संसदलाई पासो बनाउदै सांसद बिजनेस विहिन बनाउन मिल्छ ? संसद जस्तो गरिममय लोकतान्त्रिक संस्था एकाध व्यक्तिले सिकार बनाउँदा हाम्रा सांसदहरु अहिले सम्म के गर्दै छन् ?
— Pradip Paudel (@paudelpradipNC) March 24, 2021
Leave a Reply