Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • १५ दिनअघि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

    १५ दिनअघि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । १५ दिनअघि अर्थात् गत फागुन २३ गते खोप लगाएका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले बताए अनुसार काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।



    भण्डारीले भने, खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक लगभग महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्छ।



    ‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ उनले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’

    सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।

    अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा रहेको अस्पतालले जनाएको छ।

    छिमेकी देश भारतमा कोरोना बढेसँगै नेपालमा पनि क्रमश बढ्दै गएको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार