Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • छ वर्षपछि नेपालमा खेल्दै राष्ट्रिय फुटबल टोली

    छ वर्षपछि नेपालमा खेल्दै राष्ट्रिय फुटबल टोली

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। विश्वकप छनोटका लागि शक्तिशाली अस्ट्रेलियासँग काठमाडौँमा खेल्ने तयारी गरिरहेको नेपालको राष्ट्रिय फुटबल टोलीले कोभिडका कारण परिवर्तित अवस्थामा मैत्रीपूर्ण खेलमार्फत् छ वर्षपछि रङ्गशालामा खेल्दैछ।

    भारतमा आई लीग खेलिरहेका कप्तान किरण चेम्जोङ र इन्डोनेशियाको लीगमा रमाइरहेका उपकप्तान रोहित चन्द ‘थ्री नेशन्स कप’का लागि नेपाल फर्किसकेका छन्।



    थ्री नेशन्स कप मंगलबार बङ्ग्लादेश र किर्गिस्तानको युवा टोलीबीचको खेलबाट मङ्गलवार सुरु हुँदैछ।



    काठमाडौँको दशरथ रङ्गशालामा हुने प्रतियोगिता नेपाली फुटबलको लागि महत्त्वपूर्ण हुने ठानिएको छ।

    नेपालको पहिलो खेल बिहीवार किर्गिस्तानको युवा टोलीविरुद्ध हुनेछ।

    टिकट दर ७०० र १,५०० रुपैयाँ तोकिएको प्रतियोगिता हेर्न उल्लेख्य दर्शक आउने विश्वास एन्फाको रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार