Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

    बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।

    प्रधानमन्त्री जोनसाेनले आफूमा हल्का लक्षण देखिएको र संक्रमणको नतिजा सकारात्मक देखिएपछि डाउनिङ स्ट्रिटमा सेल्फ आइसोलेसनमा बसेको बताएका छन् ।



    एक विज्ञप्तिमा बेलायतका एक मेडिकल अधिकृतको सुझावका आधारमा उनको जाँच गरिएको थियो। सेल्फ आइसोलेसनमा बसे पनि उनले नियमित काम गर्ने बताइएको छ । जोनसले भाइरस संक्रमणका बारेमा एक भिडियोसमेत ट्वीट गरेका छन् ।



    बेलायतमा अहिलेसम्म ११ हजारभन्दा बढी संक्रमित भएको पुष्टि भएको छ र ५ सय ७८ को मृत्यु भइसकेको छ ।
    उनलाई अहिले उक्त भाइरसको सामान्य लक्षणमात्र देखिएको छ। यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार