Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लुकाकुको कोरोना रिपोर्ट नेगेटिभ

    लुकाकुको कोरोना रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 1.4K
    SHARES

     

    एजेन्सी । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर लामेलु लुकाकु कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टि भएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनको राष्ट्रिय टिमबाट खेल्ने सम्भावना बढेको छ ।



    इन्टर मिलानका धेरै खेलाडी तथा पदाधिकारीमा संक्रमण देखिए पनि लुकाकुको रिपोर्ट भने नेगेटिभ आएको छ ।



    गोलरक्षक समिर हान्डोनोविकसहित चार खेलाडीमा संक्रमण पुष्टि भएपछि गएको शनिबार सिरी ए मा सासुओलोसँगको खेल रोकिएको थियो ।

    सुरुमा सिरी ए लिडर इन्टर मिलानले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय टिमको जिम्मेवारीका लागि नपाउने गरि इटाली छोड्न नपाउने भनेको थियो ।

    बेल्जियमले विश्वकप २०२२ को छनौट चरण बुधबार वेल्ससँगको खेलबाट सुरु गर्ने छ । संक्रमण नभएका लुकाकु पनि बेल्जियमको टिममा सामेल हुने सम्भावना बढेको छ ।

    बेल्जियमले आउँदो शनिबार चेक गणतन्त्र तथा अर्को मंगलबार बेलारुससँग खेल्ने छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार