Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सिंगापुरमा लकडाउनकाे उल्लघंन गरे ६ महिना जेल

    सिंगापुरमा लकडाउनकाे उल्लघंन गरे ६ महिना जेल

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौं । चीनबाट सुरू भइ विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि करिब एक तिहाइ विश्व लकडाउनमा रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विभिन्न देशले लकडाउनदेखि घरबाट बाहिर निस्कन नदिने निर्देशन दिएका छन्। इटालीमा कोरोना संक्रमित व्यक्ति घरबाट निस्किए ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ।

    यसैबीच सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ। अब सिंगापुरको सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी एक मिटर(३.३ फीट) कायम नगरे १० हजार सिंगापुर डलर(करिब ८ लाख ३९ हजार नेपाली रुपैयाँ) जरिवाना अथवा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।



    सिंगापुरको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार बिहानैदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ। त्यस्तै सिंगापुर सरकारले बिनाकाम १० जनाभन्दा बढी भेला नहुन पनि सबैलाई निर्देशन दिएको छ।



    कोरोना नियन्त्रणका लागि सिंगापुर सरकारले चालेका कदम प्रभावकारी भएको बताइएको छ। शुक्रबार बिहानसम्म सिंगापुरमा ६८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यसमध्ये १७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सिंगापुरमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको छ। प्रकाशित : चैत्र १४, २०७६ ११:३०

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार