Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • आनीको फाउण्डेसन अलपत्र

    आनीको फाउण्डेसन अलपत्र

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । समाजमा चर्तित पात्रहरुले स्थापना गरेको एउटा गैरसरकारी संस्था छ, आरोग्य फाउण्डेसन । यो फाउण्डेसनले मृगौला रोगबाट पीडितहरुको उपचारमा सहयोग गर्छ । जनचेतनासम्बन्धि आरोग्य फाउण्डेसनले मृगौला प्रत्यारोपणका लागि सहजीकरणको प्रयास गर्दै आएको थियो । अर्थात प्रत्यारोपणका लागि आवश्यक जाँचको सुविधा यो फाउण्डेसनले गरेको थियो ।

    मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो भने अंगदान गर्ने व्यक्ति र अंग ग्रहण गर्ने व्यक्ति बिच हुनुपर्ने सम्पूर्ण जाँच यो फाउन्डेशन गर्ने गर्दथ्यो। जसलाई एचएलए ल्याब आवश्क पर्छ । र, त्यो ल्याब अहिलेसम्म नेपालमा सरकारीस्तरबाट समेत स्थापना भएको छैन । बेलायतबाट फर्केपछि डा। पुकारचन्द्र श्रेष्ठकै पहलमा स्थापित फाउन्डेशनले विभिन्न चन्दादातासँग पैसा मागेर ल्याब स्थापना गर्यो। र, जाँच सुरु गर्यो।



    त्योभन्दा पहिला नेपालमा त्यस्तो ल्याब थिएन र जाँचका लागि रगत भारत पठाउनुपर्ने बाध्यता थियो । भारत पठाउँदा कम्तीमा १५ दिन लाग्ने र पैसा पनि महगो पर्ने गरेको थियो । त्यो समस्या समाधान गर्ने उद्देश्य र विदेशमा पैसा नजाओस् भन्नका लागि फाउन्डेशनले ल्याब स्थापना गर्यो। केही बर्ष चलायो पनि । तर, अहिले त्यो ल्याब बन्द छ । एक बर्षयता ल्याब बन्द भएको छ।



    अध्यक्ष आनी छोइङ डोल्माले ल्याब सञ्चालनमा ल्याउन खोजिरहेकी छैनन् । फाउन्डेशनमा रहेका कलचन्द्र गौतम, महजोडी, पुकारचन्द्र श्रेष्ठ, डा। नविनकुमार थापालगायतका समाजका प्रतिष्ठित व्यक्तिहरू रहेको फाउन्डेशले कोरोनाकाल सुरु भएपछि त्यो जाँच गर्ने ल्याब किन सञ्चालनमा ल्याउन आनाकानी गरिरहेको छ ? त्यो भने आश्चर्यको विषय बनेको छ।

    स्थापनाकालदेखि अध्यक्ष रहेका आनी पछिल्ला दिनमा नागरिकता काण्ड र अबैध बाटोबाट पैसा नेपाल ल्याउने गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विवादमा तानिएपछि फाउण्डेशनले गति लिएको छैन । विधानतः दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन पाइँदैन । तर, आनी भने विगत १० बर्षदेखि फाउण्डेशनको अध्यक्ष छिन् । त्यसलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि चासो दिएको छैन भन्ने खबर आजकाे साँघु साप्ताहिकले प्रकाशित गरेकाे छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार