Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

    राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरअघि बङ्गलादेश प्रस्थान गरेकी छिन् ।

    नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।



    भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।



    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम पनि छ । सो कार्यक्रममा भण्डारीले नेपाल बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ ।

    राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी छन् ।

    यस्तै परराष्ट्र मन्त्रालयका सह सचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत भ्रमण दलमा छन् । भ्रमण दलमा तीन सञ्चारकर्मी समेत छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार