एजेन्सी । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा बिस्फोट भएको ज्वालामुखी कमजोर हुने क्रममा रहेको छ ।
रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा शुक्रबार बेलुका ज्वालामुखी बिस्फोट भएको थियो । सो ज्वालामुखीबाट निस्कएका लाभा तल झर्ने क्रम सुस्त हुँदै गएको र ज्वालामुखी पनि शान्त हुने क्रममा रहेको बताइएको छ ।
ज्वालामुखीबाट निस्कएको लाभा सयौँ मिटर तलसम्म खसेको छ। पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजारभन्दा बढी पटक भूकम्प गएको थियो। त्यसपछि सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो।
सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो। ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटरको दूरीमा रहेको छ ।
Leave a Reply