Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पिएसजी शीर्ष स्थानमा

    पिएसजी शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले लियोनलार्य ४–२ गोलले पराजित गरेको हो ।

    अवे मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन केलियन एमबाप्पेले १५ र ५२ औँ मिनेटमा गरि दुई गोल गरे । ३२ औँ मिनेटमा डानिलो तथा ४७ औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् ।



    लियोनका लागि स्लीमानीले ६२ औँ तथा कोरनेटले ८१ औँ मिनेटमा गोल गरे ।



    जितपछि शीर्ष स्थानमा पुगेको पिएसजीको ३० खेलबाट ६३ अंक भएको छ । आइतबार राति नै भएको खेलमा निमेससँग २–१ ले पराजित भएको लिले समान ६३ अंक भए पनि दोस्रो स्थानमा झरेको छ । ६० अंकसहित लियोन तेस्रो स्थानमा छ ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार