Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मनोदशा बिग्रिएर प्रचण्ड डिप्रेसनमा जान लागेको सूर्य थापाको आरोप

    मनोदशा बिग्रिएर प्रचण्ड डिप्रेसनमा जान लागेको सूर्य थापाको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति गम्भिर आरोप लगाएका छन्।

    अध्यक्ष प्रचण्डले हिजो एक कार्यक्रममा संविधान मास्ने पात्रका रुपमा केपी ओली अगाडि आएको वताएका थिए।



    त्यसको प्रतिवाद गर्दै थापाले प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका हुन।



    थापाले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तै यस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेतपछि पर्दैनन् । प्रचण्डलाई संभवतस् यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि!।’

    थापाले लेखेको जस्ताको तस्तै

    एउटा भनाइ चर्चित छ,
    रिसाएको बिरालोले खाबो चिथोर्छ ! 
    पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ !
    धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवत:  यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !

    विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?  नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ?  र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?
    उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ?  नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थियो ९.५ बर्षसम्म ?  कहाँ कस्तो कायलनामा कागज गरेर त्यस्तो सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियो महाशयलाई ?
    आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ?
    आज जनताले कसरी लिने गरेका छन् रु तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ?  राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला!
    तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार