Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ओलीले हैसियत पुगेन भन्दै झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गराए

    ओलीले हैसियत पुगेन भन्दै झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गराए

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्रीको अहिले नै पार्टीमा हैसियत नपुगेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नेकपा एमालेको केन्द्रीय कमिटीलाई निर्देशन दिएका छन् ।

    शनिबार बसेको एमालेको केन्द्रीय कमिटीले झाँक्रीलगायत वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।



    तर बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले झाँक्री लहलहैमा लागेर हिँडेको र उनलाई स्पष्टीकरण सोध्न तर हैसियत नै पुग्दैन भनेपछि निर्णय फिर्ता भएको थियो ।



    बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने स्पष्टीकरण सोध्ने निर्णय पारित गरेको छ । उनीहरुलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार