Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतलाई टी ट्वान्टी सिरिज

    भारतलाई टी ट्वान्टी सिरिज

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । भारतले इङ्ग्ल्याण्डविरुद्धको पाँचौं टी ट्वान्टी सिरिज तीन दुई अंकले जितेको छ ।

    शनिबार राति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।



    भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित ८० रनको पारी खेले । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले । हार्दिक पाण्डेयले अविजित ३९ तथा सूर्यकुमार यादवले ३२ रन बनाए ।



    भारतले दिएको २२५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनायो । डाविड मालनले ६८, जोस बटलरले ५२ रन बनाए । यस्तै बेन स्टोक्सले १४, क्रिस जोर्डनले ११ तथा साम करणले अविजित १४ रन बनाए ।

    भारतका शार्दुल ठाकुरले ३, भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डेय र टी नटराजनले एक एक विकेट लिए ।

    यसअघि भारतले दोस्रो र चौथो टी ट्वान्टी सिरिज पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने इङ्ग्ल्याण्डले जितेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार