एजेन्सी । म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा एभर्टनलाई २–० गोलले पराजित गरेर म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अवे मैदानमा भएको खेलमा सिटीका लागि ८४ औँ मिनेटमा इल्काइ गुण्डोगान र ९० औँ मिनेटमा केविन डी ब्रूयनाले गोल गरेका हुन् ।
शनिबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई ३–० गोलले पराजित गरेको साउथह्याम्पटन पनि अन्तिम चारमा पुगेको छ ।
Leave a Reply