Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कोरोना संक्रमण फैलन नदिन भरतपुर महानगरले अपनायो यस्तो उपाय

    कोरोना संक्रमण फैलन नदिन भरतपुर महानगरले अपनायो यस्तो उपाय

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.9K
    SHARES

    चितवन । कोभिड–१९को संक्रमण हुन नदिन भरतपुर महानगरले सरसफाईमा विशेष ध्यान दिन थालेको छ ।

    महानगरको अगुवाईमा ३ दिन अघिबाट अति संवेदनशिल स्थानहरु अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्स लगायतमा सोडियम क्लोराईड मिसाएर ब्लिच गरेको पानी छर्किदै आएपनि आजबाट नारायणगढको विभिन्न स्थानमा पनि छर्किन थालेको छ ।



    महानगरपालिकाका इन्जिनियर बिराट घिमिरले दिएको जानकारी अनुसार टंयाकरमा उक्त ब्लिच गरको पानी राखेर नारायणगढको लायन्स चौक, शहीद चौक देखि पुल्चौक सम्म छर्किएको बताए ।



    ‘सोडियम क्लोराईड मिसाएर तयार गरेको पानी छर्किनाले किटाणुको संक्रमण बढ्न पाउदैंन’–उनले भने,‘त्यसैले नारायणढको अति फोहोर र दुर्गन्धित भएको स्थानहरु हेरेर आजबाट छर्किन थालेको हो ।’ बजार बन्द भएपनि फोहोरहरु सडकमा फालिनाले त्यो उठाउनुका साथै जिवाणुको संक्रमण बढ्न नदिन यो सतर्कता महानगरले अपनाएको हो । महानगरले यो ब्लिच गरेको पानी नारायणगढसंगै भरतपुरका विभिन्न क्षेत्रमा छर्किने जनाएको छ ।

    कोरोनाको संक्रमण अहिले सम्म चितवनमा नदेखिएपनि भित्रिन नदिन उच्च सतर्कता अपनाइएको हो । देशभरीकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको केन्द्रविन्दु रहदैं आएको छ । त्यसैले पनि महानगरले कोरोनासंगै अन्य रोग भित्रन नदिन सरोकारवालासंग सहकार्य गर्दै सरसफाईमा विशेष ध्यान दिदैं तथा मानिसहरुको भिडभाड हुन नदिन सतर्कता अपनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार