काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन ३०५ जना नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ ।
लकडाउनका कारण नेपालमा अलपत्र परेक जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान केहीबेर अघि उडेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज विहान नेपाल आएको कतार एयरलाइन्सको विमान पर्यटक लिएर फर्किएको छ । नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।
जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइएको थिएन । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।
Leave a Reply