काठमाडौँ। काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा भेटिएका दुई जनाको शवको सनाखत भएको छ ।
शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् ।
प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे ।
शुक्रबार दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौं प्रहरी प्रमुख सिंह, एसपी रमेश बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल नजिकै विषादीको बट्टा भेटिएको र थप अनुसन्धान जारी रहेको एससपी सिंहले जानकारी दिए ।
Leave a Reply