Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • महान्यायाधिवक्तामा खरेलको बिदाईसँगै बडालको इन्ट्री

    महान्यायाधिवक्तामा खरेलको बिदाईसँगै बडालको इन्ट्री

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । शुक्रबार महान्यायाधिवक्ताबाट अग्नि खरेलले राजिनामा दिएपछि रिक्त स्थानमा महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाल नियुक्त भएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मुख्य कानुनी सल्लाहकार समेत रहेका बडाललाई नियुक्तिका लागि सिफारिस गरेका हुन् ।



    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको उच्च स्रोतले जनाएको छ ।



    यसअघि बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।

    पछिल्लो समय नेकपा विवादमा ओलीलाई साथ दिएका बडाल ओली निकट रहेका छन्।

    बडाल निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार