काठमाडौं । संसद्को बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । कोइरालाको ७१ वर्षको उमेरमा बुधवार निधन भएको थियो ।
Leave a Reply