Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

    नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । अक्सन शुक्रबार हुँदैछ ।

    नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एन्फाले अक्सनका लागि आज ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो ।



    अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन् ।



    एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो । आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ ।

    नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन । एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने छन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ ।

    उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार