Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोभिड–१९ : मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, कुन देशमा कति?

    कोभिड–१९ : मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, कुन देशमा कति?

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण २४ हजार ६५ जनाको ज्यान गएको छ भने ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन्। विश्वका १९९ देशमा याे भाइरस फैलिएको छ । संक्रमित भएका मध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा बढी देखिएका छन् ।

    अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो ।चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ।



    उपचाररत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यस्तै इटालीमा धेरै संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २०३ जना संक्रमित थपिएसँगै इटालीमा ८० हजार २ सय ८५ संक्रमित छन् । त्यहाँ ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।



    साेही क्रममा स्पेनमा पनि संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ भने ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ । ६ हजार ६ सय १५ संक्रमित थपिएसँगै जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ३८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ६७ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ । फ्रान्समा पनि १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २९ हजार १५५ पुगेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार