काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सिन्धुली पुगेका छन् ।
पछिलो समय राजनीतिक अवस्थाले चिन्तामा परेका प्रचण्ड रिफ्रेस हुन काठमाडौँ बाहिर गएको उनीनिकट स्रोतले बताएको छ ।
बुधबार राजधानीबाट फ्रेस हुनका लागि भन्दै सपरिवार सिन्धुली पुगेका प्रचण्डले सामाजिक सञ्जालहरुमा तस्बिरहरु शेयर गरेका छन् ।
यसअघि पनि बेला-बेला आरामका लागि भन्दै प्रचण्ड काठमाडौं बाहिर जाने गरेका थिए ।
प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् ।
राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएको बुझिएको छ ।
Leave a Reply