Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • धनुषा बम विस्फोटमा संलग्न विप्लव समूहका १ कार्यकर्ता पक्राउ

    धनुषा बम विस्फोटमा संलग्न विप्लव समूहका १ कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । धनुषामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

    क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटको घटनामा संलग्न आरोपमा प्रहरीले धनुषाधाम नगरपालिका–५ का गंगा मण्डल खत्वेलाई पक्राउ गरेको हो ।



    धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका खत्वे प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।



    खत्वेसहित बम काण्डमा संग्लन भएको आरापमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

    यसअघि प्रहरीले उक्त विस्फोटमा संग्लन विप्लव समूहका प्रदेश नम्बर २ संयोजक सीतादेवी महरा, केन्द्रीय सदस्य ललिता महरा, रामसोभित गाहा र इन्दल साहलाई पक्राउ गरिसकेको छ ।

    मंसिर २७ गते राति भएको सो बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय साह र उनका १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो भने एक प्रहरीसहित ७ जना घाइते भएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार