Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट

    सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 1.5K
    SHARES

    काठमाडौँ । सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट भएकी छिन् ।

    सातदोबाटोमा आज भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा आरडिएस क्लबकी खड्का बक्समाण्डौँकी डेचेन शेर्पालाई एकका विरुद्ध चार अंकले पराजित गर्दै विश्व च्याम्पियनसियपका लागि छनोट भएकी हुन् ।



    यसअघि मंगलबार शेर्पाले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शुन्यका विरुद्ध पाँच अंकले पराजित गरेकी थिइन् । खड्काले भने वाई पाउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।



    बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरका अनुसार ४८ किलो तौल समूहको छनोट खेलमा भने नक्सालकी सुष्मा तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अंकले पराजित गर्दै विश्व च्याम्पियनसियपमा छनोट भएकी छिन् ।

    छनोट प्रतियोगिता कार्यक्रममा राखेप नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवम बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दिपक महर्जनलगायतको उपस्थिति रहेको थियो ।

    विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार