Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘फ्रेस’ हुन प्रचण्ड परिवार सिन्धुलीमा

    ‘फ्रेस’ हुन प्रचण्ड परिवार सिन्धुलीमा

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 9.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारसहित सिन्धुली गएका छन् ।

    पछिलो समय राजनीतिक अवस्थाले चिन्तामा परेका प्रचण्ड रिफ्रेस हुन काठमाडौँ बाहिर गएको उनीनिकट स्रोतले बताएको छ ।



    यसअघि पनि बेला-बेला आरामका लागि भन्दै प्रचण्ड काठमाडौं बाहिर जाने गरेका थिए।



    प्रचण्डसँगै पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरालगायत छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि निकै तनावमा उनी सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि खुशी भएका थिए ।

    तर एकातिर खुशी अर्को तिर दुख भनेझैँ सर्वोच्चको अर्को फैसलाले नेकपाको एकीकरण खारेज गर्दै माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि प्रचण्ड तनावमा परेका छन् ।

    प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको माओवादी केन्द्र्ले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन ।

    राजनीतिक रुपमा निकै तनावमा रहेका प्रचण्ड आरामका लागि सिन्धुली गएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार