Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आफ्ना नागरिक लैजान जर्मन सरकारले पठायो जहाज

    आफ्ना नागरिक लैजान जर्मन सरकारले पठायो जहाज

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । आफ्ना नागरिक लैजान जर्मन सरकारले कतार एयरलाइन्स पठाएको छ। अहिले विहान ल्याण्ड भएको सो एयरलाइन्समा ३२५ जना जर्मन नागरिकहरु जान लागेका हुन्। नेपालमा पर्यटकका रुपमा आएका जर्मन नागरिकहर अलपत्र परेपछि उनीहरुलाई लिन जर्मन सरकारले कतार एयरलाइन्सको चार्टड विमान पठाएको हो।

    नेपाल सरकारले अलपत्र परेका विदेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरेर काठमाडौ ल्याएपछि उनीहरुलाई स्वदेश फिर्ता पठाउन लागिएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई पठाउने निर्णय गरेको थियो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार