Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किए जाल्टन इब्राहिमोविच

    पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किए जाल्टन इब्राहिमोविच

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 2.9K
    SHARES

    एजेन्सी । सन्यास लिएको पाँच वर्षपछि स्वीडेनका कीर्तिमानी गोलकर्ता जाल्टन इब्राहिमोविच राष्ट्रिय टिममा फर्किएका छन् ।

    ३९ वर्षीय इब्राहिमोविचले स्वीडेनका लागि ११६ खेलमा ६२ गोल गरेका छन् । उनले सन् २०१६ को युरोकपपछि राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।



    तर उनले सन् २०२० को नोभेम्बरमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफू पुनः राष्ट्रिय टिममा फर्किन सक्ने सम्भावना रहेको भन्दै मार्ग प्रसस्त गरेका थिए ।



    स्वीडेनका प्रशिक्षक ज्यान एन्डर्सन इब्राहिमोविचलाई भेट्न मिलान गए र त्यसपछि उनको राष्ट्रिय टिममा पुनरागमन भएको हो । यो सिजन उनले इटालियन सिरी ए मा १४ खेलमा १४ गोल गरिसकेका छन् ।

    स्वीडेनले मार्च २५ मा जर्जिया र त्यसको तीन दिनपछि कोसोभोसँग विश्वकप २०२२ को छनौट अन्तर्गत प्रतिस्पर्धा गर्ने छ । स्वीडेनले आफूसहितको टोली घोषणा गरेपछि इब्राहिमोविचले ‘द रिर्टन अफ द गड’ भनेर ट्वीट गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार