Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • देशलाई सही बाटोमा डोर्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ : सञ्चारमन्त्री गुरुङ

    देशलाई सही बाटोमा डोर्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ : सञ्चारमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.3K
    SHARES

    काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    मंगलबार चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको राजधानीमा उद्घाटन गर्दै उनले समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।



    मन्त्री गुरुङले भने-सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गरे ।



    मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गरे । उनले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले चलचित्र उद्योगको विकासका लागि चलचित्र विकास बोर्डसँग मिलेर काम गर्न सुझाव समेत दिए ।

    सो अवसरमा मन्त्री गुरुङले नेपाल चलचित्र पत्रकार सङ्घले अघि बढाएको कल्याणकारी कोष अभियानको समेत शुभारम्भ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार