Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विप्लव समूहद्वारा कालोबजारी गर्नेलाई कारबाहीकाे चेतावनी

    विप्लव समूहद्वारा कालोबजारी गर्नेलाई कारबाहीकाे चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल तस्वीर

    धनकुटा – सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने विप्लव

    नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर यस्ताे समूहले चेतावनी दिएको हो । नेकपाका जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले बिज्ञप्ति जारी गर्दै कालोबजारी गर्नेलाई कारवाही गर्ने काममा सघाउँन जिल्लावासीलाई आग्रह गरेका छन् ।



    ‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर गर्नुहुन अनुरोध छ ।’ बिज्ञप्तिमा भनिएको छ ।



    यस्तो विपतको वेला ग्यास तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सृजना गरी कलोबजारी हुँनसक्ने तर्फ सचेत रहन जिल्लावासीलाई विज्ञप्तिमार्फत आग्रह पनि गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार