Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले साँघुरो जित निकालेको छ ।

    सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई एक शुन्य गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे ।



    पहिलो हाफको इन्जुरी समयमा जोटाले गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो । खेलमा उल्भ्सका गोलकिपर रुइ प्याट्रिसियोले टाउकोको चोट बोक्न पुगेका थिए ।



    आफ्नै टिमका कप्तान कोडीसँग जुध्न पुगेका उनी स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए । टाउकोमा ठोक्किएपछि गोलकिपर रुइ केहि समय मैदानमै बेहोस भएका थिए । तर, उनको अवस्था ठिक रहेको बताईएको छ ।

    यस जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ ।

    उल्भ्स ३५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार