Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • लहानमा बम विस्फोट गराएको आरोपमा एक जना पक्राउ

    लहानमा बम विस्फोट गराएको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। ८ जना घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा सोमबार साँझ सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् ।



    मालपोत कार्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।



    मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइने उनले बताए । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

    आइतबार दिउँसो १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए । सो घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार