Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कोरोना भाईरसबाट हलिउड स्टार मनु डिबैंगोको निधन

    कोरोना भाईरसबाट हलिउड स्टार मनु डिबैंगोको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2K
    SHARES

    लस एन्जलस् । कोरोना भाईरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको निधन भएको छ । ८६ वर्षीय डिबैंगोको अस्पतालमा उपचारका क्रममा कोरोना सँक्रमणकै कारण मँगलबार बेलुका निधन भएको चिकित्सकहरुले बताएका छन् ।

    उनी उच्च ज्वरोको कारण केही दिन अघि अस्पताल भर्ना भएका थिए । परीक्षणको क्रममा उनका कोरोना भाईरस ९कोभिड १९० को सँक्रमण उच्च देखिएपछि उपचारमा राखिएको थियो ।



    हलिउड कलाकार डिबैंगो त्यहाँका चर्चित एफ्रो ज्याज म्युजिकका बिज्ञ थिए । डिबैंगोको निधनले यतीबेल हलिउडले कुरा कलाकार र अमेरिकाले प्रभावशाली ज्याज सँगीतज्ञ गुमाएको छ । कोरोना भाईरसबाट ज्यान गुमाएका उनी पहिलो हलिउड स्टार हुन् ।



    स्यक्सोफोनमा लोकप्रियता हाँसिल गरका डिबैंगोको अन्त्यस्टी अत्यन्ती सुरक्षित र निजी तरिकाले गर्ने परिवार जनले बताएका छन् । कोरोना सँक्रमणका कारण अन्य कलाकार र शुभचिन्तकलाई यी कलाकारको अन्त्यस्टीमा सहभागी नहुन चिकित्सक देखि परिवारजनसम्मले अनुरोध गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार