Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सिराहा बम विष्फोट : गोइत समूहले जिम्मा लियो

    सिराहा बम विष्फोट : गोइत समूहले जिम्मा लियो

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ। सिरहाको मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले लिएको छ ।

    गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले प्रेस विज्ञप्ति जारी गरी विस्फोटको जिम्मेवारी लिएको हो । मधेस स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विष्फोट गराएको जनाएको छ ।



    आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको हो ।



    बम विष्फोटमा परी घाइते भएका धनगढीमाई नगरपालिका–४ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि काठमाडौँ ल्याईएको छ, भने बाँकी घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    यसअघि पनि चन्दा नदिएको भन्दै उक्त समूहले लाहान नगरपालिकामा बिस्पोट गराएको थियो।

    २०७४ सालमा सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी भएको बम विस्फोटको जिम्मेवारी गोइत समूहले लिएको थियो ।

    त्यतिखेर आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षडयन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार