Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सिराहा बम विष्फोट : घटनास्थलमा गोइत समूहको पर्चा भेटियो

    सिराहा बम विष्फोट : घटनास्थलमा गोइत समूहको पर्चा भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.3K
    SHARES

    सिराहा । सिराहाको मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

    विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।



    आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको हो । बममा परी घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ५ जना घाइते भएका छन्।



    विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगिसकेको छ ।
    यसअघि पनि चन्दा नदिएको भन्दै उक्त समूहले लाहान नगरपालिकामा बिस्पोट गराएको थियो।

    २०७४ सालमा सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी भएको बम विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको थियो ।

    त्यतिखेर आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षडयन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार