एजेन्सी। सन् २०२० मा विश्वभर ६५ जना पत्रकार मारिएका छन् ।
कार्य क्षेत्रमा खटिँदा सांघातिक आक्रमण, बम विस्फोट र झडपमा परी ती पत्रकार र मिडियाकर्मी मारिएका विश्वभरका पत्रकारको छाता संगठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट (आईएफजे) ले जनाएको छ ।
आईएफजेले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार मारिनेमा १६ वटा मुलुकका पत्रकार छन् । सन् २०१९ को तुलनामा गत वर्ष १७ बढी पत्रकार मारिएका छन् । आईएफजेले सन् १९९० देखि विश्वभर मारिने पत्रकारबारे वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
गत वर्ष अफगानिस्तानमा १० जना, पाकिस्तानमा ९ जना, भारतमा ८ जना, फिलिपिन्स र सिरियामा ४/४ जना, नाइजेरिया र यमनमा ३/३ जना पत्रकार मारिएका छन् ।
यसैगरी, इराक, सोमालिया, बंगलादेश, क्यामरुन, होन्डुरस, पराग्वे, रसिया र स्विडेनमा पनि पत्रकारको हत्या भएको छ ।
Leave a Reply