Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सी डिभिजन लिग फुटबल आजदेखि

    सी डिभिजन लिग फुटबल आजदेखि

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ ।

    कोरोना महामारीका कारण २०७६ को सी डिभिजन लिग तोकिएको समयमा हुन सकेको थिएन । उक्त लिग आजदेखि सुरु हुन लागेको हो ।



    यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ । लिगमा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछन् । तीन टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।



    सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।

    यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् ।

    दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ ।

    आज समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ ।

    पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सका एउटा समूहको क्लबले अर्को समूहको तीन क्लबसँग मात्र खेल्नेछ ।

    त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्कत खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार