काठमाडौँ। प्रत्येक दिन सामाजिक सञ्जालमा सरकारको कहिले पक्ष त कहिले विपक्ष, कहिले समर्थन त कहिले असमर्थन गरिरहने व्यक्ति हुन् – लेखक खगेन्द्र संग्रौला ।
कहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शौचालय उद्घाटनको निम्ता त कहिले माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हारेको जुवाडेको संज्ञा दिने लेखक संग्रौला सामाजिक सञ्जालमा निकै सक्रिय रहेका छन् ।
वर्तमान राजीतिक परिवेशलाई जग बनाएर तीखो बाँण हान्न खप्पिस संग्रौलाले एमाले नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका प्रचण्डमाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेको कदमलाई लिएर ट्वीट गरेका छन्।
उनले लेखेका छन् , बाँदरलाई मकैबारीको गोठालो बनाएर सर्पलाई दुधले पोस्दा निस्कने नतिजा पीके र माकुने सरलाई देखाइदिए त ओली सरले ! अब ओली सरले अख्तियार,सम्पत्ति शुध्दीकरण र हेगको तरबार चलाउन बेर छैन । आइन्दा पीके माकुने सर कि त सत्य र न्यायको राजीतिमा कि ओलीकृत नरकबासमा, बीचको बाटो छैन। चेतना भया !
बाँदरलाई मकैबारीकाे गाेठालाे बनाएर सर्पलाई दुधले पाेस्दा निस्कने नतिजा पीके र माकुने सरलाई देखाइदिए त ओली सरले!अब ओली सरले अख्तियार,सम्पत्ति शुध्दीकरण र हेगकाे तरबार चलाउन बेर छैन।आइन्दा पीके माकुने सर कि त सत्य र न्यायकाे राजीतिमा कि ओलीकृत नरकबासमा,बीचकाे बाटाे छैन।चेतना भया!
— Khagendra Sangroula (@belakoboli) March 13, 2021
Leave a Reply