Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वैद्य निकट माओवादीका केन्द्रीय नेता हतियारसहित पक्राउ

    वैद्य निकट माओवादीका केन्द्रीय नेता हतियारसहित पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 4.3K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारी मात्रामा हतियारसहित मोहन वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकारलाई पक्राउ गरेको छ ।

    शनिबार विहान जिल्लाको राप्तीसोनारी ५ जबरपुरबाट वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम थारुलाई ठुलो परिमाणमा हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    केन्द्रीय सल्लाहकार थारुको घरबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान १२ बोर बन्दुक, दुई थान भरुवा बन्दुक र त्यसमा लाग्ने गोलीगठ्ठासँगै तीन थान जरायोको सिंग समेत बरामद गरेको छ ।



    ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले पछिल्ला केही दिनदेखि थारु घरमा रहेको र उनको घरमा ठुलो मात्रामा हतियार समेत रहेको सुराकीको आधारमा प्रहरी टोलीले खोज गर्दै जाँदा शनिवार बिहान पक्राउ गर्न सफल भएको बताए ।

    बैजापुर प्रहरीको सहयोगमा सो अप्रेसन सफल भएको जनाउँदै खनालले थप अनुसन्धान र सोधपुछ गर्ने कार्य भइरहेको बताए ।

    साथै, थारुको पक्राउलाई प्रहरीले ठूलो सफलता भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार