Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन : उपेन्द्र यादव

    ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैन : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्ता समीकरणको लागि छलफल  गर्न नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुनै हालतमा समर्थन नगर्ने बताएको छ ।

    शनिबार पेरिसडाँडामा भएको वार्तामा जसपा अध्यक्ष उपेन्द्र यादवले ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिएका छन् ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेतासँग पेरिसडाँडामा भएको छलफलबाट बाहिरिएका अध्यक्ष यादवले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने दोहोर्‍याएएका छन् ।



    बाहिरिदै गरेका यादवले भने, ‘कसको दिमाग बिग्रिएको छ र ओलीको सरकारमा जानू,? ’आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो,’ उनले भने।

    छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिनिधिसभामा चौंथो ठूलो दल रहेको जसपा नयाँ सरकार गठनको लागि निर्णायक रहेको छ। जसपासँग संसदमा ३४ सिट छ ।

    शुक्रबार बेलुका जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट बार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार