Online Nepal
  • बुधबार, २ माघ २०८१
  • को बन्दैछ वीर अस्पतालको नयाँ निर्देशक ?, ट्रमामा पनि फेरिन सक्ने

    को बन्दैछ वीर अस्पतालको नयाँ निर्देशक ?, ट्रमामा पनि फेरिन सक्ने

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । देशकै ठूलो र पुरानो अस्पताल तथा स्वायत्त शैक्षिक संस्था चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र ट्रमा सेन्टरमा नयाँ निर्देशकको खोजी शुरु भएको छ ।

    वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीको भोली अर्थात चैत १ गतेबाट अवधि समाप्त हुँदैछ । त्यसैले पनि वीर अस्पतालमा निर्देशक बन्न खोज्नेहरुको लाइन लागेको छ ।



    उता ट्रमा सेन्टरका निर्देशक जुनियर डा. सन्तोष पौडेलमाथि अनियमितता गरेको आरोप लागेपछि उनालाई पनि हटाउने तयारी भएको स्वास्थ्य मन्त्रालय स्रोतको दावी छ ।

    वीर अस्पतालको निर्देशक बन्न अहिले पूर्व निर्देशक प्रा. डा. भुपेन्द्र बस्नेत, आक्समिक बिभाग प्रमुख डा. बिण्णु बहादुर बस्नेत, नाक कान घाटीँ बिभाग प्रमुख डा. दिपेन्द्र श्रेष्ठ, डा. रमिला जोशी, डा. इन्द्र कुमार झा, प्रा. डा. सुदाम्शु के सी, डा. सन्जय ठाकुर, डा. रूद्र मरासानि र डा. दिपक दत्त लागिपरेका छन् ।

    हुनत भ्रष्टाचार र अनियमितताको अभियोगमा छानविनको घेरामा परेका निर्देशक सेञ्चुरी आफै पनि सकेसम्म दोहोर्याउने दाउमा छन् ।

    नयाँ नियुक्तिका लागि उपकुलपति डा. डिएन शाह भने योग्य र अस्पताल सन्चालन गर्ने सक्ने ब्यक्तिलाई सिफारिश गर्ने तयारीमा छन् ।

    उपकुलपति डा. शाह भने डा. भुपेन्द्र बस्नेत र डा. दिपेन्द्र श्रेष्ठमध्ये एकलाई सिफारिश गर्ने तयारीमा रहेको अस्पताल स्रोत बताउँछ ।

    यतिबेला वीर अस्पताल र ट्रमा सेन्टरका निर्देशकहरुले ब्यापक अनियमितता र भष्ट्राचारको आरोप खेपिरहेका छन् । उनीहरूविरूद्ध प्रधामन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालयलगायमा दर्जनौ उजुरी परिेका छन् ।

    प्रधानमन्त्री कार्यालयको निर्देएशनपछि फागुन १३ गते स्वास्थ्य मन्त्रालयले छानविन समिति नै गठन गरी निर्देशकद्वयमाथि छानविन गरिरहेको छ ।

    डा. सेन्चुरीको २ बर्षे कार्यालयमा अनियमित कर्मचारी भर्ना, पैसा लिदै नक्कली मेडिकल बोर्ड सिफारिश गरेको, मन लाग्दी मोवाइल र ल्याबटव खरिद गरेको, कोभिड उपकरण खरिदमा आफुनिकट कर्मचारीको भाईसँग महंगोमा खरिद गरेको, कोरना महामारीमा पन्जा, पिपिई, सेनिटाइजर खरिदमा अनियमितता गरेको, डोनेशनमा आएको सामान खरिद प्रमुख भगवती थपलियासँग मिलेर आर्थिक चलखेल गरेको विषयमा उजुरी परेको थियो ।

    स्वास्थ्य मन्त्रालयमा परेको उजुरीमा ‘दुवाकोटको बिस्तारित वीर अस्पतालको डिपिआर आफूनिकटलाई दिन नपाएपछि ८० करोड बजेट फ्रिज गराएको, आफुनिकटलाई टेन्डर पार्न एक पैसामा ट्रलि, ह्वील चियर, बिपि सेट, भ्यु बक्स, सक्सन मेसिन, अन्डा, दुध, बिस्कुटलगायतका सामानको टेन्डर सदर गरे पनि सो सामानहरू आपूर्ति नगरी आफूनिकटसँग महङ्गोमा कोटेशन मार्फत खरिद गरी करोडौं अनियमितता गरेको, २२ करोड पर्ने टोमोथोपारी ४६ करोडमा किनेर २४ करोड भष्टाचार गरेको, इन्ट्रा अप सिटी १५ करोडमा पाउँदा पाउँदै २० करोडमा किनेको, सामान्न खर्चमा मर्मत हुने सिटी स्याक्यन, सि–आर्म, डिएसए, स्पेशल ऐक्सरे, मेमोग्राम, क्याथ ल्याव, इन्डोस्कोपी, फाइबर स्याक्यन, अक्सिजन मेसिन प्वाइन्ट नवनाएको जस्ता अनियमित काम गरेको’ उल्लेख छ ।

    एमाले नेता माधवकुमार नेपालसँग नजिक रहेका डा. सञ्चुरी पुन: म्याद थप गर्ने केहि मेडिकल माफियालाई समाएर राष्ट्रपति विद्यादेवी भण्डारीसम्म पुगेको समेत चार्चा छ ।

    यता, ११ तहको मे.सु.को दरवन्दी रहेको ट्रमा सेन्टरमा १०औं तहका सबैभन्दा जुनियर डा. सन्तोष पौडेल निमित मे.सु. छन् । उनीमाथि पनि अनियमित कर्मचारी भर्ना, अनियमित तरीकाले खरिद एकाई गठन गरेको, सिटी स्याक्यन, डिएसए, इमरजेंसी ऐक्सरे मर्मत नगरेको, सस्तोमा सि–आर्म, ओटी लाइट, बेड माईस्कोप पाउँदा पाउँदै महङ्गोमा खरिद गरेर भष्ट्राचार गरेको आरोप लागेको छ ।

    डा. पौडेलमाथि अनगिन्ति विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको बारे स्वास्थ्य मन्त्रालयले छानविन गरिरहेको र उच्च अदालतमा मुद्दा समेत दर्ता भइसकेको हुँदा उनको ठाउँमा ११ औं तहका बरिष्ठ चिकित्सक तथा प्रा. डा. मध्येबाट एक जनालाई मेसु बनाउने तयारी भइरहेको अस्पताल स्रोतको दावी छ ।

    ट्रमा सेन्टरमा डा. रुद्र मरासानि, डा. दिपक दत्त र डा. राजेश चौधरी मध्ये एकलाई नियुक्ति गर्ने तयारी भएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार