काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष गुमाएपछि वामदेव गौतमले अब एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्।
ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेर एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका थिए । अरु नेताहरुको जस्तै गौतमको उपाध्यक्ष पद पनि खारेजीमा परेपछि उनी ओलीसँग रुष्ट भएका हुन् ।
बेला बेलामा पार्टी एकिकरण गर्छु भन्दै आएका गौतमको आफ्नै पद गएपछि अहिले मौन बसेका छन् । बेला बेलामा ओली सहयोग माग्न गौतमको घर धाउँदै आएका थिए ।
यसरी सहयोगका लागि बारम्बार धाउने ओलीले आफ्नै पद खारेज गर्लान भनेर गौतमले कल्पना नै गरेका थिएनन् । तर शुक्रबार गौतमले एमालेको उपाध्यक्ष पद गुमाए ।
Leave a Reply