एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
नर्थ साउण्डमा शुक्रबार राति भएको दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले तीन खेलको सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो । पहिलो एकदिवसीयमा वेस्ट इन्डिजले ८ विकेटको जित निकालेको थियो । यस जितसँगै वेस्ट इन्डिज श्रीलंकाविरुद्ध दुई शून्यले अघि रहेको छ ।
श्रीलंकाले दिएको २ सय ७४ रनको लक्ष्य वेस्ट इन्डिजले ४९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा इभिन लेविसले १ सय ३ रनको शतकीय इनिङ्स खेले । शाइ होपले ४८ रन बनाए ।
निकोलस पुरन ३५ रनमा अविजित रहदा कप्तान केइरन पोलार्ड र फाबियन एलन समान १५र१५ रनमा आउट भए । श्रीलंकाका नुवान प्रदिप र थिसरा परेराले २र२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । श्रीलंकाका दनुश्का गुनाथिलकाले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै दिनेश चण्डीमालले ७१ रनको इनिङ्स खेल्दा डी सिल्भाले ४७ रन बनाए । कप्तान दिमुथ करुनारत्ने १ रनमा आउट हुँदा थिसरा परेराले १९ रन बनाए ।
वेस्ट इन्डिजका जासन मोहमदले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।
Leave a Reply