Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा पनि चोरी गाडीको गिरोह सल्बलायो, बारामा स्कारपियो बरामद

    लकडाउनमा पनि चोरी गाडीको गिरोह सल्बलायो, बारामा स्कारपियो बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.2K
    SHARES

    बारा। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लकडाउन गरेको बेला पनि चोरी गाडीको तस्करी भने रोकिएको छैन। जिल्ला प्रहरी कार्यलय बाराको बिशेष टोलीले भारतीय नम्बर प्लेट भएको चोरीको स्कारपियो गाडि बरामद गरेको छ।

    गत चैत्र १२ गते प्रहरी टोलिले आदर्शकोतवाल गाउपालिका वडा नं.८ कोतवालि स्थित सडक खण्डमा भारतबाट चोरी गरि नेपाल भित्राएको नै लाख पचास हजार मुल्य बराबरको BR 05 P 5183 नं. को रातो रंगको स्कारपियो गाडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पगेनीले जानकारी दिए।



    उक्त गाडी कसले तस्करी गरेर ल्याएको भन्ने बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।



    बेवारिसे अवस्थामा फेला पारेको स्कारपियो चेक गर्दा समेत उक्त गाडी चोरीको देखिएको हुँदा भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंजमा बुझाईएको एसपी पगेनीले वताए। ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार