Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • युरोपा लिगमा आर्सनलको सहज जित

    युरोपा लिगमा आर्सनलको सहज जित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    एजेन्सी । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।

    बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई तीन एक गोल अन्तरले पराजित गरेको हो ।



    ओलम्पियाकोसको मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरे ।



    ओलम्पियाकोसका युसुफ एल अराबीले एक गोल फर्काए ।

    खेलको ३४औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५८औं मिनेटमा युसुफले गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याए ।

    खेलको ८०औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई दुई एकको अग्रता दिलाए । त्यसपछि खेलको ८५औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई तीन एकको जित दिलाए ।

    जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार