Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एपीएफ क्लब र पुलिस मेयर कपको फाइनलमा भिड्ने

    एपीएफ क्लब र पुलिस मेयर कपको फाइनलमा भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

    दुबै टोली फाइनलमा शनिबार भिड्ने छन् । काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो ।



    मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ राजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो । काठमाडौँ मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १७७ रन बनायो ।



    एक सय ७८ रनको विजय लक्ष्य एपीएफ क्लबले ४४ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि सन्दीप जोराले अविजित ६२ तथा शरद् भेषवाकरले अविजित ६१ रनको योगदान दिए । यस्तै शंकर रानाले ३१ तथा भुवन कार्कीले ११ रन बनाए ।

    बलिङतर्फ काठठमाडौँ मेयर ११ का अनुज चुनारा, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    यसअघि काठमाडौँ मेयर ११ का लागि ब्याटिङ गर्दै सन्दीप रजालीले ४८, हरिशंकर साहले ३६, विक्रम भुसालले २०, खड्ग बोहराले १३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन बनाए ।

    बलिङतर्फ एपीएफका अविनाश बोहरा र कमलसिंह ऐरीले तीन तीन तथा बसन्त रेग्मी, शरद भेषवाकर र भुवन कार्कीले एक एक विकेट लिए ।

    यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा वाग्मती प्रदेशले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १० रनले पराजित गर्यो ।

    वाग्मतीले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा सवै विकेट गुमाउँदै २६६ रन बनायो । दुई सय ६७ रनको विजय लक्ष्य पछ्याएको आर्मीको पारी २५६ रनमा समेटियो ।

    आर्मीका लागि कप्तान विनोद भण्डारीले सतकीय पारी खेल्दै ११९ रन बनाए । उनले ११४ बल खेल्दै सात छक्का तथा आठ चौका प्रहार गरे । यस्तै लोकेश बमले ४६, करन केसीले २४ तथा रोहितकुमार पौडेलले १५ रन बनाए ।

    बलिङतर्फ वाग्मती प्रदेशका आरियो पौडेलले पाँच, रामनरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक एक विकेट लिए ।

    यसअघि ब्याटिङ गर्दै वाग्मती प्रदेशका पारस खड्काले शतकीय पारी खेले । खड्काले १३३ बल खेल्दै ११९ रन बनाए । उनले यस क्रममा दुई छक्का र ११ चौका प्रहार गरे । यस्तै नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ त्था पृथु बास्कोटाले १२ रन बनाए ।

    बलिङतर्फ आर्मी क्लबका सोमपाल कामीले पाँच तथा विक्रम सोव, जितेन्द्र मुखिया, शाहव आलम र करन केसीले एक एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार